Logo

गएराती अज्ञात समूहद्वारा वडाअध्यक्षको मोटरसाइकलमा आगजनी



काठमाडौँ – गएराती डडेल्धुराका वडाअध्यक्षको मोटरसाइकलमा आगजनी भएको छ ।डडेल्धुरा जिल्लाको नवदुर्गा गाउँपालिका– ४ का वडा अध्यक्ष पदम विष्टको मोटरसाइकलमा अज्ञात समूहले आगजनी गरेका हुन् ।प्रहरीका अनुसार बिहिबार राती करिब १२ बजे घरमै पार्किङ गरिएको मोटरसाइकलमा मोटरसाइकलमा अज्ञात समूहले आगजनी गरेका हुन् ।

वडाअध्यक्ष विष्टले प्रयोग गर्दै आएका कार्यालयको मोटरसाइकलमा आगजनी गरिएको डडेल्धुराका प्रहरी सहायक निरीक्षक कर्णबहादुर सार्कीले जानाएका छन् । प्रहरीले वडा कार्यालयको मोटरसाइकलमा आगजनी गर्ने व्यक्तिहरुको खोजि कार्य गरिरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्