Logo

ह्वातै घट्यो सुनचाँदीको मुल्य, यस्तो छ आजको भाउ



काठमाडौँ- नेपाली बजारमा आज सुनको मुल्य एक्कासी ५ सय रुपैयाले घटेको छ । गत साता यता सुनचाँदीको मुल्य लगातार घटिरहेको छ।बिहिबार प्रतितोला ६० हजार ५ सय रुपैयामा किनबेच भइरहेको छापावाला सुनको मुल्य आज तोलामा ५ सय रुपैयाले घटेर ६० हजार रुपैयामा कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ५९ हजार ७ सय रुपैयामा किनबेच भइरहेको छ ।आज चाँदीको मुल्य पनि तोलामा १० रुपैयाले घटेको छ । बिहिबार प्रतितोला ७ सय ४५ रुपैयामा किनबेच भइरहेको चाँदीको मुल्य आज १० रुपैयाले घटेर तोलामा ७ सय ३५ रुपैयामा कायम रहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्