Logo

बाबुको मृत्यु भएको दुई महिना नपुग्दै छोराले गरे ओमनमा आत्महत्या



बाबुको मृत्यु भएको दुई महिना नबित्दै वैदेशिक रोजगारका क्रममा ओमन पुगेका छोराले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा ईस्मा गाउँपालिका वडा नम्वर–२ रातडाँडाका ३३ वर्षीय नीरबहादुर रायमाझी ९निराजन ० रहेका छन् ।उनले बाबुको मृत्यु भएको दुई महिना नपुग्दै ओमनमा आत्महत्या गरेका हुन् । उनी रोजगारका क्रममा ओमनको राजधानी मस्कटको दारसाईटमा रहेको रेष्टुरेण्टमा कार्यरत रहेका थिए ।

उनले बाबुको मृत्यु भएको दुई महिना नपुग्दै आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरेका हुन् । रातडाँडा बेसी घर बनाएर बसेका उनीहरुको पुर्खेयौली घर मुसिकोट नगरपालिका–३ पेंगा रहेको बताइएको छ ।मृतकका दुई छोरा, श्रीमती आमा तीन दाजुभाई र दिदी बहिनीहरु रहेका छन । एनआरएनका सचिव डिबी क्षेत्रीका अनुसार मृतकको शव ओमनस्थित एक अस्पतालमा रहेको र नेपाली दुतावासले छिट्टै उक्त शव नेपाल पठाउने तयारी गरिरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्