Logo

काभ्रेमा भयानक ट्रिपर दुर्घटना , ३ जना घाइते , दुईको अवस्था गम्भीर



काठमाडौँ – काभ्रेको पाँचखल नगरपालिका पर्ने ३७ किलोमा ट्रिपर दुर्घटना भएको छ । अरनिको राजमार्ग अन्तर्गत काभ्रेको पाँचखलमा ट्रिपर केराघारी ३७ किलो बाट करिब ५० मिटर तल खसेको बताइएको छ ।ट्रिपर दुर्घटनामा ३ जना घाइते भएका छन् भने दुई को अवस्था गम्भीर रहेको बताइएको छ ।

प्रहरीका अनुसार घाइतेहरुलाई उपचारका लागि धुलिखेल अस्पताल पठाईएको बताइएको छ । घाइते ३ जनाको नाम खुल्न नसकेको प्रहरीले जनाएको छ। दुर्घटनाबारे थप जानकरी आउन बाँकि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्