Logo

भारतीय चर्चित क्रिकेटर श्रीसंतमाथि आजीवन लागेको प्रतिबन्ध हट्यो



एजेन्सी । भारतीय क्रिकेटर श्रीसंतमाथि आजीवन रुपमा लागेको प्रतिबन्ध हटेको छ । आँफुमाथी लागेको प्रतिबन्ध हटेसँगै क्रिकेटर श्रीसंतले आफूलाई सर्वोच्च अदालतबाट ‘लाइफलाइन’ प्राप्त भएको प्रतिक्रिया दिएका छन् । उनले यो अप्ठ्यारो अवस्थाबाट आँफुले मुक्ति पाएसँगै अब आफू चाँडै नै क्रिकेट मैदानमा फिर्ता हुने पनि उनले बताएका छन् ।

भारतीय सर्वोच्च अदालतले शुक्रबार म्याच फिक्सिङ मुद्दामा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) को अनुशासन समितिका तर्फबाट श्रीसन्तमाथि लगाइएको आजीवन प्रतिबन्ध हटाएको हो । बीसीसीआईले लगाएको प्रतिबन्ध केरल उच्च अदालतले सदर गरेको थियो । श्रीसंत केरल उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च गएसँगै सर्वोच्च अदालतका न्यायाधीश अशोक भूषण र केएम जोसेफको बेन्चले बीसीसीआईले तीन महिनाभित्रमा श्रीसंतमाथिको कारबाहीबारे सोच्न सक्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्