Logo

दुवै हात गुमाएका कृष्ण ओलीको कहानीमा फेरी बन्यो अर्को म्यूजिक भिडियो, विष्णु माझीको स्वरले सबैलाई रुवाउनेछ



पछिल्लो समय लोकदोहोरी क्षेत्र मा एक पछि अर्को आशलाग्दा गितहरुको आगमन भै नै रहेको छ । लगानी अनुसार आम्दानी हुँदै नभएनी लगानी गर्ने जमात को कमि भने छंदै छैन । अहिले बिबाह पार्टी भोज भतेर मा हिन्दी गित नबजिकन नेपाली गित मात्रै बजेको सुन्न पाइन्छ त्यस्मा नि लोक दोहोरी गित बज्ने क्रम बढ्नु एकदमै राम्रो मानिन थालेको छ ।

नांच्ने गित संगै सुन्ने गित पनि उति नै मेहनत का साथ बजारमा आउने क्रममा , भिडियो पनि उति नै मेहनत ले बनाउंदै बिष्णु माझी र मौसम गुरुङ को आवाज मा अर्को बियोगान्त गित बजार मा आएको छ । ओम छिनाल को लय शब्दमा सावित्री परियार सानुको प्रस्तुतिमा शितल शिजन डिजिटल बाट प्रकाशन भएको गित को म्युजिक भिडियो मा मौसम गुरुङ र सारिका केसिको दर्दनाक अभिनय रहेको छ । भिडियो मा बाल कलाकार प्रान्जली धिताल लाई निर्देशक प्रकाश भट्टले अभिनय मा जमाउन सकेका छन । राजेश घिमिरेको उत्कृष्ट छायांकन भएको यो मर्मस्पर्शी गितको यो भिडियो हेर्नुहोस

प्रतिक्रिया दिनुहोस्