Logo

आज बलिउड सुन्दरी नायिका आलिया भट्टको जन्मदिन, रणवीरसँग प्रेममा रहेर जन्मदिन मनाइरहँदा खुले यस्ता रहस्य



एजेन्सी । आलिया भट्ट यतिबेला अभिनेता रणबीर कपूरलाई डेट गरिरहेकी छिन् । प्रेमी रणवीरसाग विबाहको चर्चा चलिरहेका बेला आज उनको जन्म दिन परेको छ । उनले आज आफ्नो २६औं जन्मदिन मनाइरहँदा उनलार्य आज विहानैबाट शुभकामना सन्देश दिनेको ओइरो नै लागेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । पछिल्लो समय अभिनेत्रि आलिया भट्ट निकै चर्चामा छिन् ।उनी नयाँ पुस्ताकी सफल अभिनेत्री मध्येकी एक हुन् । उनले २०१२ मा आएको चलचित्र स्टुडेन्ट अफ द ईयरमार्फत आफ्नो करियरको सुरुवात गरेकी थिइन् ।

उनले चाइल्ड एक्टर (बाल कलाकार) का रुपमा पनि काम गरेकी थिइन् ।स्टुडेन्ट अफ द इयरको अडिसन हुँदा आलिया १७ वर्षकी थिइन् ।उनी यतिबेला अभिनेता रणबीर कपूरलाई डेट गरिरहेकी छिन् । भारतिय मिडियाका अनुसार यो जोडीले छिट्टै नै विवाह गर्नसक्ने बताइएको छ । आलिया भट्टले भारतीय व्यापारी कविन मित्तललाई डेट गरेको खबर पनि आएका थिए । आलिया र कविनको भेट एक सेमिनारमा भएको थियो । त्यसपछि यी दुवैजना साथी भएका थिए र एकअर्कालाई डेट गर्न पनि सुरु गरेका थिए । तर यिनीहरुको सम्बन्ध लामो समयसम्म टिक्न सकेन । कविन मित्तल भारतका स्थापित व्यापारी सुनील मित्तलका छोरा हुन् । जन्मदिनको अवसरमा उनका पूर्व प्रेमीहरुको बारेमा पनि मिडियामा विभिन्न खबरहरु बाहिरिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्