Logo

के शाहरुख खान र आमिर खान बोल्दैनन् ? कहिलेदेखि बोलचाल बन्द भएको हो, खुल्यो रहस्य



काठमाडौं – पछिल्लो समय बलिउडमा निकै जमेका अभिनेताहरु हुन् अमिर खान र साहरुख खान । यी दुइ बलिउडमा निकै चर्चित छन् । यी दुइका फिल्म सबैले मन पाराएका छन् । तर एउटा अचम्मको कुरा भनेको यी दुई चर्चित स्टार बीच बोलचाल छैन । विभिन्न कार्यक्रममा एक अर्काबारे बोले पनि उनीहरु मिल्ने मित्र भने होइनन् ।

अभिनेता आमिर खानले ‘कफी विथ करन’ कार्यक्रममा शाहरुखसँग राम्रो सम्बन्ध नभएको स्वीकार गरेका थिए । सन् १९९८ मा आयोजित जि सिने अवार्ड कार्यक्रममा शाहरुख खानले अवार्ड पाएपछि आमिर खानप्रति तिखो आलोचना गरेका थिए । उनले अवार्ड पाएपछि आमिरलाई व्यंग्य गर्दै सलमान खानसँग अवार्ड सेयर गरेका थिए । उनले आमिर खानलाई सबैले बिर्सिने र शाहरुखलाई मात्र सबैले याद राख्ने बताएका थिए। सन् १९९६ पछि कुनै पनि अवार्ड कार्यक्रममा शाहरुखले व्यंग्य गरेका थिए । त्यसपछी भने यी दुइको सम्बन्ध त्यति राम्रो भएन।

प्रतिक्रिया दिनुहोस्