Logo

पूर्वप्रेमिकासँग निकले ‘च्याट’ गरिरहेको समयमा एक्कासी प्रियंकाले देखेपछी हंगामा



मुम्बई – केहि समयअघि विवाह बन्धनमा बाधिँएका अभिनेत्री प्रियंका चोपडा र गायक निक जोनसको पछिल्लो समय निकै चर्चा चलिरहेको छ । विवाहपछि अमेरिकामा बस्दै आएका अभिनेत्री प्रियंका चोपडा र हलिउड गायक निक जोनस विभिन्न कारणले चर्चामा आइरहेका हुन्छन् । त्यस्तै फेरी पनि यो जोडी चर्चामा आएको छ ।

सञ्चार माध्यमहरुका अनुसार पछिल्लो समय गायक निक जोनसकी पूर्वप्रमिका माइली साइरसका कारण सामाजिक सन्जालमा चर्चाको बिषय बनेको छ । अभिनेत्री प्रियंका चोपडासँग गायक निक जोनसले विवाह गर्नु अघि निक जोनस माइलीसँग डेट गर्ने गर्थे । यस्तै निकको बिबाह पछि माइलीले केही दिन अगाडि निकलाई इन्स्टाग्राममा एउटा तस्बिर पठाइन् । फोटो माइली र उनकी बहिनीको थियो ।

उक्त तस्बिरमा माइलीले लगाएको टिसर्ट जोनसको तस्बिर भएको टिसर्ट रहेको थियो । त्यसपछि उनले निकले दिएको रिप्लाईसहितको स्क्रीनशट फेरि अपलोड गरिन् । फोटो सेयर गर्दै माइलीले लेखिन् ‘जब तपाईका पूर्वप्रेमीलाई थाहा होस् कि पुरानो फोटो हट थियो’ कमेन्टमा निकले लेखे ‘यो तस्बिर निकै हट छ’ । त्यसपछी यो सबै प्रियंकाले देखिन् उनले पनि फोटोमा कमेन्ट गर्दै लेखिन्, ‘हाहाहा… ‘हबी’ सही हो । यो फोेटो वास्तवमै हट छ ।’

प्रतिक्रिया दिनुहोस्