Logo

कहाँ चुकिरहेछ चौरी-देउराली गाँऊपालिका ? कुहिरोको काग जस्तै बनेकै हो त ? लेखराज गौतमको विष्लेषण (भिडियो सहित)



काभ्रेपलान्चोक, राजधानी काठमाण्डौं देखि नजिकै रहेको चौरी देउराली गाउँपालिका अझैपनि टुकीमूनिको अँध्यारो जस्तै बनिरहेको छ । अनेकौं प्रचूर सम्भावना बोकेका यो गाँऊपालिका भित्रका मादन कुँडारी होस् या कात्तिके देउराली अनि माझिफेदी हुदैं बाङथली यी सबै ठाँऊहरु आफैमा निकै विशेष छन् । पर्यटन तथा कृषिको राम्रो सम्भावनाहरु बोकेको यो गाँउपालिकाभित्रका यस्ता थुप्रै गाँऊघरहरु अहिले शिक्षित युवाहरु परदेश पलायन भएसँगै सोचे जत्ति विकास हुन सकेको छैन ।
एकातिर चौरी खोला अनि अर्कोतिर सुनकोशी रहेको यो ठाँऊ आफैमा भने सुख्खा छ, यहाँ खानेपानीको एक किसिमको जटिल समस्या नै छ । कृषिमा प्रचूर सम्भावना बोकेको भए पनि त्यतातिर खासै ध्यान गएका छैनन् नेतृत्वकर्ताहरुको । त्यसो त तत्कालिन एमालेको तर्फबाट सोही गाउँपालिकाको प्रमुखमा उम्मेदवार दिएर उप विजेता बनेका नेकपा नेता तथा अधिवक्ता लेखराज गौतम पनि यो विषयमा निकै चिन्तित छन् । वास्तबमै चौरी देउराली गाँउपालिका एउटा उदारणिय गाँऊपालिका बनाएर समृद्धितिर लम्काउनका लागि के- के गर्न आवश्यक छ त ? नेकपा नेता तथा अधिवक्ता लेखराज गौतमसँग गरिएको भिडियो संवाद हेर्नुहोस…..

प्रतिक्रिया दिनुहोस्