Logo

दारी भाईको चिया पसलमा नगर प्रहरीको दादागिरी, शाखा खोल्ने तयारीमा रहेका दारी भाईले सुनाए सफलताको कथा (भिडियो सहित)



दारी भाईको चिया पसल, यो नाम जत्ति चर्चित छ, त्यत्ति नै दारी भाईलाई हिजो आज चुनौती पनि थपिरहेको छ । यत्तिखेर देशका लाखौं शिक्षित युवाहरु परदेशमा पसिना बगाईरहेका छन् तर यता दारी भाई भने काम त स्वदेशमै गर्ने हो, विदेशमा त घुम्न पो जाने हो भन्दै विहान देखि साँझ सम्म चिया बेच्नै व्यस्त छन् । तर उनको यो जोश जाँगार अनि आत्म विश्वासलाई बेला बेला महानगरपालिकाका प्रहरीहरुले निराशामा बदलिदिन्छ । चोकमा चिया खान आउँने मानिसहरुको भीडभाड धेरै भयो भन्दै उनलाई असभ्य भाषामा चिया पसल हटाउन ठाडो निर्देशन समेत आउन थालेको छ हिजो आज । हामी त्यहाँ पुग्दा पनि एक जना महानगरका प्रहरी आइपुगे तर हामी भएकै कारण केही नबोली फर्किए । आखिर आजभोली के कस्ता योजना बुन्दै छन् ? के हुदैं छ उनको पसल ? उनै दारीभाईसँग गरिएको अन्तरंग कुराकानी भिडियो मार्फत्…

प्रतिक्रिया दिनुहोस्