Logo

पक्राउ परे विप्लवका जनसरकार प्रमुखसहित दुई नेता



कैलाली । कैलालीमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका जनसरकार प्रमुखसहित दुई नेता पक्राउ परेका छन् । विप्लव समूहको बर्दगोरिया गाँउपालिकाका जनसरकार प्रमुख अमर बम र क्रान्तिकारी किसान संघ, कैलालीका अध्यक्ष उदयराज थापालाई प्रहरीले पक्राउ गरेको हो । तर यसबारे अहिलेसम्म प्रहरीले आधिकारिक जानकारी दिएको छ । उनीहरुलाई बुधबार पक्राउ गरिएको बताइएको छ ।

विप्लव नेतृत्वको सो पार्टीलाई सरकारले प्रतिबन्ध लगाएको छ । जस कारण सो पार्टीको गतिविधि र नेताहरुमाथि प्रहरीको निगरानी बढेको छ । सोही क्रममा नेताहरु धमाधम पक्राउ परिरहेका छ भने कतिपय स्ूथान नेताहरु आत्मसमर्पण पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्