Logo

प्रधानमन्त्री ओलीले राष्ट्रको नाममा सम्बोधन गर्ने



काठमाडौं । नयाँ वर्षको अवसर पारेर प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारबाट प्रधानमन्त्री ओलीले विहान ७ बजेराष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् ।

प्रधानमन्त्री ओलीले समृद्धिको क्षेत्रमा आफ्ना नयाँ योजनाहरु सार्वजनिक गर्ने बताइएको छ । ओलीले पुरानो वर्षको विदाई तथा नयाँ वर्षको स्वागतका लागि आजै नेताहरुलाई बालुवाटारमा रात्रीभोज समेत दिन लागेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्