Logo

दिल्ली- काठमाडौं चल्ने बसको छतमा भन्सार छलेर ल्याएको करोड बढीको कुर्तासहित ३ जना पक्राउ



काठमाडौँ – चेकिङमा रहेका प्रहरीलाई घुस दिएर भारतबाट भन्सार नतिरी ल्याएको करोड बढीको सामान उम्काउन खोज्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बसका चालक काठमाडौं महानगरपालिका-१५ स्वयम्भू बस्ने सर्लाही घर भएका २६ वर्षीय श्याम विश्वकर्मा, काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने सुर्खेत घर भएका ३२ वर्षीय दिपा रानामगर र नुवाकोट ककनी गाउँपालिका-२ घर भएका २९ वर्षीय भरत तामाङ रहेका छन् ।

उनीहरले दिल्ली-काठमाडौं चल्ने बसको छतमा फल्स बटम बनाएर ४३४७ थान महिलाले लगाउने कुर्तासुरुवाल लुकाएर विभिन्न नाका पार गरेर काठमाडौंसम्म ल्याएका थिए ।महानगरीय प्रहरी परिसरले यस विषयमा थप अनुसन्धान भइरहेको बताएको छ

प्रतिक्रिया दिनुहोस्