Logo

यस कारण आलिया भट्टलेभारतको लोकसभा निर्वाचनमा भोट हाल्न नपाउने भइन



मुम्बई । भारतको लोकसभा निर्वाचनमा बलिउडका धेरैभन्दा धेरै स्टारका छोराछोरीले पहिलोपल्ट भोट हाल्न पाएका छन् । त्यस्तै कलंक’की चर्चित हटनायिका आलियाले भने भोट हाल्न पाउने छैनिन् । इन्डिया टुडेसँग गरिएको एक अन्तर्वार्तामा आलियालाई यो प्रश्न सोधिएको थियो ।

नायिका भट्टले भनिन, म भोट हाल्न पाउँदिन, यसको कारण पासपोर्ट हो ।’ आलिया भारतीय मूलकी बेलायती नागरिक हुन । पछिल्लो लोकसभा चुनावको बेलामा पनि आलियालाई यस्तै प्रश्न गरिएको थियो ।

त्यतिबेला उनले दोहोरो नागरिकताको बारेमा कुरा गरेकी थिइन् । दोहोरो नागरिकता दिने प्रावधान भारतमा अहिलेसम्म बनिसकेको छैन ।आलियासँग अहिले भने बेलायतको नागरिकता छ । आलियाकी आमा सोनी बेलायती नागरिक हुन् ।

प्रतिक्रिया दिनुहोस्