Logo

बालिकालाई ललाई फकाई गरी लगेर पुलमुनि आठ वर्षीया बालिकालाई बलात्कार गर्ने दिपेन मगर पक्राउ



काठमाडौँ- ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा २० वर्षीय दीपेन मगर रहेका छन् । रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिकाको वडा नम्बर ७ शौभाग्यनगर बस्ने ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा उनलाई पक्राउ गरेको हो ।

बालिकालाई ललाई फकाई गरी सोही उपमहानगरपालिका ५ स्थित तिनाउ पुलमुनि लगेर दीपेन मगर जबरजस्ती करणी गरेका थिए । बालिकालाई जबरजस्ती करणी गरेको खबर प्राप्त हुना साथ खटिएको प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान अगाडि वढाएको हो ।

प्रतिक्रिया दिनुहोस्