Logo

‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सघाउ पुर्याउन नेपाल, भारत र चीनकी एकसाथ चेलीले सगरमाथा चढ्ने



काठमाडौं । ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सघाउ पुर्‍याउने उद्देश्यका साथ तीन महिलाले सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्ने भएका छन् ।आरोहण गर्नेमा नेपालकी कान्छीमाया तामाङ, भारतकी कल्पना दास र चीनकी लियामू मालाई रहेका छन् ।

उनीहरुलाई सोमबार संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले नेपालको झण्डा र नेपाल भ्रमण वर्ष २०२० को लोगो हस्तान्रण गरेका थिए ।

कान्छीमाया तामाङले सगरमाथाको सफल आरोहण गरी तामाङ समूदायकै पहिलो सगरमाथा आरोहीको कीर्तिमान बनाइसकेकी छन् भने भारतकी कल्पना दासले ६ हजार मिटर उचाईका हिमालहरुको सफल आरोहण गरिसकेकी छन् ।

प्रतिक्रिया दिनुहोस्