Logo

अनुष्काका पती विराट कोहलीसँग रोमान्स गर्दै सारा अली खान



एजेन्सी- नायिका साराअली खानको क्रेज अहिले उचाइमा छ । डेब्यु गरेका फिल्म केदार नाथ नै सफल भउपछि उनको उचाइ बढेको हो । यो सँगै उनले सिम्बामा पनि सफल अभिनय गरिन् । साराअली खानले एक ब्रान्डको विज्ञापनबाट नायिका दिशा पटानीलाई विस्थापित गरिदिएकी छिन् ।

उक्त ब्रान्डको विज्ञापनमा दिशालाई दर्शकले देख्दै आएका थिए । तर, अब उक्त ब्रान्ड कम्पनीले दिशासँग अगाडि सहकार्य नगर्ने भएको बताइएको छ ।दिशाको स्थानमा नायिका साराअली खानलाई ब्रान्ड प्रमोशनका लागि रोजिएको छ । साराले उक्त ब्रान्डका लागि संझौता समेत गरिसकेकी छिन् ।

भारतीय मिडियाका अनुसार साराले यो ब्रान्डको विज्ञापनमा भारतीय क्रिकेटर विराट कोहलीसँग अभिनय गर्नेछिन् । सारा यति बेला फिल्म त्र ‘लभ आजकल २’मा कार्तिक आर्यनसँग अभिनय गरिरहेकी छन् । यसो त उचाइ लिएसँगै उनलाई फिल्ममा लिने चाहनेहरु धेरै नै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्