Logo

४ जना बडिगार्डको सुरक्षा घेरामा हल पुगेका सलिनमानलाई देखेपछि फ्यानले गरे हुटिङ, हेर्नुहोस तस्विरहरु




काठमाडौँ- शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘यात्रा’ले राम्रो व्यापार गरिरहेको छ । फिल्ममा सलिनमान र मलिकाको अभिनयलाई दर्शकले मन पराएका छन् । आइतबार भने चलचित्रको टिमले काठमाण्डौका केही हलमा पुगेर दर्शकसँग प्रत्यक्ष साक्षात्कार गरेको छ ।

आइतबार काठमाण्डौको गोपीकृष्ण मुभिजमा नायक सलिनमान बनियाँ, नायिका मलिका महत्त, कलाकार सलोन बस्नेत लगायतको टिम पुगेको थियो । चलचित्र हेर्न हलमा पुगेका दर्शकले सलिनलाई भेट्दा हुटिङ गरे ।

सलिनले पनि दर्शकलाई गुलाबको फूल दिदै माया दर्शाएका थिए । फिल्ममा सम्राट शाक्यको लेखन तथा निर्देशन रहेको छ । चलचित्र लामो समयसम्म चल्ने आशा निर्माता सुशिल पोखरेलको छ । नायक सलिनमान बनियाँ ४ जना बडिगार्डको सुरक्षा घेरामा हल पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्