Logo

मेरा फ्लप भनिएका फिल्मले नै सय करोड कमाउँछन् ति फिल्मलाई असफल भन्न मिल्दैन् : सलमान खान



एजेन्सी- बलिउडमा नायक सलमान खानले आफुले अभिनय गरेका र फ्ल्प भनिाएका फिल्मले नै सय करोड कमाउने बताएका छन् ।हालै एक मिडियामा दिएको अन्तर्वातामा उनको फ्लप चलचित्र र बक्स अफिस कमाईको विषयमा बहश चलाइएको थियो । त्यहाँ उनको असफल भएका चलचित्रहरुको विषयमा कुरा गर्दा यस्तो बताएका हुन् ।सलमानले ‘ट्युबलाइट’को कुरालाई लिएर भने–‘मेरो यो चलचित्रले घरेलु बजारमा नै ११० करोड कमाएको थियो । तर, यो चलचित्र असफल भनियो ।

धेरैको चलचित्रले १०० करोडको व्यापार गर्न सक्दैनन् । सलमान आफ्नो चलचित्रले यति धेरै कमाउँदा पनि असफल भनिनु आफ्नो सफलता भएको बताएका छन् । उनले भने, ‘यो पनि मेरो सफलता हो । मलाई माया गर्ने सबैलाई धन्यवाद ।’सलमान अभिनित ‘जय हो र रेश ३’लाई पनि असफल भनिएको छ । तर, यी दुबै चलचित्रले घरेल बक्स अफिसमा सय करोड बढी कमाएका छन् ।

सलमान खान अभिनित ३ चलचित्रले ३ सय करोड बढीको व्यापार गरेका छन् । उनको १४ बढी चलचित्रले सय करोड माथिको व्यापार गरेको छ ।यति बेला सलमान फिल्म भा।तको प्रमोसन र दबगं तीनको सुटिगंमा व्यस्त रहेका छन् । दबगंमा सलमानसँग सोनाक्षीले अभिनय गर्नेछिन् ।

प्रतिक्रिया दिनुहोस्