Logo

कञ्चनपुरमा बिहेमा गएका युवकको विभत्स हत्या, तीन युवती पक्राउ



कञ्चनपुर। कञ्चनपुरको कृष्णपुरमा एक युवकको विभत्स हत्या भएको छ । हत्या हुनेमा सुबिल बडायक रहेका छन् । चार दिन अघि वेपत्ता भएका कृष्णपुर नगरपालिका ७ का युवक सुबिल बडायकको विभत्स हत्या भएको हो । सुबिल २८ चैत्र कलुवापुर गाउँमा विवाह को लागि गएको समयदेखि बेपत्ता भएका छन् ।

उनलाई बडायकले टाउको र शरिर अलग भएको अवस्थामा सोमबार खोलामा शव फेला परेको थियो । कञ्चनपुर प्रहरीले जनाए अनुसार सुबिलको शव परीक्षणको लागि सेती अञ्चल अस्पताल धनगढीमा राखिएको छ । प्रहरी नायब निरीक्षक कुँवरकाअनुसार हत्याको आशंकामा तीन जना युवतीलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्