Logo

रौतहटमा बसले मोटरसाइकललाई ठक्कर दिँदा १ जनाको मृत्यु, एकको अवस्था गम्भीर



रौतहट- यात्रुवाहक बस र मोटरसाईकल एकआपसमा ठोकीदा एक जनाको मृत्यृ भएको छ भने एक जना घाइते भएका छन् । गौरबाट चन्द्रपुरतर्फ गइरहेको ना४६प ९६ नम्बरको मोटरसाईकल र विपरित दिशाबाट आइरहेको ना४ख ६१११ नम्बरको यात्रुवाहक बस हर्षाहा चोक नजिक अपरान्ह ३ः३० बजे आमुने सामुने ठोकीएको हो । बसको ठक्करबाट गम्भिर घाइते बर्ष ४० का मोटरसाईकल चालकको चन्द्रपुरस्थित सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला टफिक प्रहरी प्रमुख प्रहरी निरिक्षक विजय श्रेष्ठले बताए ।

मोटरसाईकलमा पछाडि बसिरहेकी अन्दाजी ३५ वर्षीया महिलाको टाउको तिघ्रा काटिएको र गम्भिर चोटपटक लागेर अचेत अवस्थामा चन्द्रपुर सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । मृतक मोटरसाइकल चालक र घाइते महिलाको हालसम्म सनाखत हुन नसकेको, दुुर्घटनामा परेका बस र मोटरसाइकल नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्