Logo

पाथीभरामाइले हामी सबैको रक्षा गरुन, हेर्नुहोस आजको राशीफल




सूर्य शौर्यमथेन्दुरुच्चपदवीं सन्मङ्गलं मङ्गलं । सद्वुद्धिं च वुधो गुरुश्च गुरुतां शुक्रः शुभं शं शनिः ।।
राहुर्वाहुबलं करोतु सततं केतुः कुलस्योन्नतिं । नित्यं प्रीतिकरा भवन्तु मम ते सर्वेऽनुकूला ग्रहाः ।।

पञ्चाङ्ग
श्रीसूर्य उत्तरायण,वसन्तर्तुः,परिधावी नाम संवत्सर,शाके १९४१,विक्रमसम्वत २०७६ साल वैशाख ३ गते भौमबार नेपाल सम्बत ११३९ चौलाथ्व तदनुसार सन् २०१९ अप्रिल १६ तारिक चैत्र शुक्लपक्ष द्वादशी तिथि राती ११ वजेर १७ मिनेट सम्म उप्रान्त त्रयोदशी तिथि,पूर्वफाल्गुुनी नक्षत्र राती १२ वजेर १ मिनेटसम्म उप्रान्त उत्तरफाल्गुनी नक्षत्र,वृद्धियोग, बवकरण,आनन्दादियोग धुम्र,सूर्य मेष राशीमा,चन्द्रमा राती ५ वजेर ३८ मिनेटसम्म सिंह उप्रान्त कन्या राशीमा । योगिनी नैऋत्य दिशामा,काल राहु पश्चिम र पाल पूर्व दिशामा,शुक्र र चन्द्रमा पूर्व दिशामा भ्रमण गरिरहेका छन् ।
यात्र र युद्धमा सम्मुख काल पाश पार्नु हुदैन । काल दाहिने र पाश देव्रे शुभ हुन्छ । जुवा खेल्न,बहस गर्न,यात्रा र सङ्ग्राममा सम्मुख योगिनी वर्जित छ भने आफ्नो राशिमा चन्द्रमा हुदा यात्रा,युद्ध,विवाह, क्षौर कर्म र गृहप्रवेश गर्नु उचित मानिन्न । यात्रा गर्दा विशेष गरेर स्त्री जातिको लागि दाँया र सम्मुख शुक्र अशुभ मानिन्छ ।

मुहूर्त
शुभ अभिजित मुहूर्तः–पूर्वान्ह ११ वजेर ३८ मिनेटबाट मध्यान्ह १२ वजेर २९ मिनेटसम्म रहनेछ । सामान्य गुली काल मुहूर्तः– मध्यान्ह १२ वजेर ४ मिनेटबाट अपरान्ह १ वजेर ४० मिनेटसम्म रहनेछ । अशुभ राहुकाल मुहूर्तः–अपरान्ह ३ वजेर १६ मिनेटबाट ४ वजेर ५२ मिनेटसम्म रहनेछ । अशुभ यमघण्टायोगः–विहान ८ वजेर ५२ मिनेटबाट १० वजेर २८ मिनेटसम्म रहनेछ । अशुभ दूरमुहूर्तः– विहान ८ वजेर १३ मिनेटबाट ९ वजेर ५ मिनेटसम्म र राती १० वजेर ५७ मिनेटबाट ११ वजेर ४८ मिनेटसम्म रहनेछ ।

दिन बार वेला
सूर्योदयबाट प्रातः ७ वजेर १६ मिनेटसम्म रोग वेला,७ वजेर १६ मिनेटबाट ८ वजेर ५२ मिनेटसम्म उद्वेग वेला,८ वजेर ५२ मिनेटबाट १० वजेर २८ मिनेटसम्म चर वेला,१० वजेर २८ मिनेटबाट १२ वजेर ४ मिनेटसम्म लाभ वेला,१२ वजेर ४ मिनेटबाट १ वजेर ४० मिनेटसम्म अमृत वेला,१ वजेर ४० मिनेटबाट ३ वजेर १६ मिनेटसम्म काल वेला,३ वजेर १६ मिनेटबाट ४ वजेर ५२ मिनेटसम्म शुभ वेला र ४ वजेर ५२ मिनेटबाट सूर्यास्तसम्म रोग वेला रहनेछ ।

रात्री बार वेला
सूर्यास्तबाट ७ वजेर ५२ मिनेटसम्म काल वेला,७ वजेर ५२ मिनेटबाट ९वजेर १६ मिनेटसम्म लाभ वेला,९ वजेर १६ मिनेटबाट १० वजेर ४० मिनेटसम्म उद्वेग वेला,१० वजेर ४० मिनेटबाट १२ वजेर ४ मिनेटसम्म शुभ वेला,१२ वजेर ४ मिनेटबाट १ वजेर २८ मिनेटसम्म अमृत वेला,१ वजेर २८ मिनेटबाट २ वजेर ५२ मिनेटसम्म चर वेला,२ वजेर ५२ मिनेटबाट ४ वजेर १६ मिनेटसम्म रोग र ४ वजेर १६ मिनेटबाट सूर्योदयसम्म काल वेला रहनेछ ।

राशीफल
मेषः– तनावमा कमि आउनेछ । दुविधामा नपरि योजना बनाएर काम गर्नु होला थोरै भए पनि सफलता हात लाग्नेछ । काम गर्दा बाहिरी प्रभाव बढि पर्न सक्छ त्यतातिर ध्यान दिनु होला । व्यापार व्यवसायबाट उचित प्रतिफल नमिल्न सक्छ । नोकरी र राजनीतिबाट सामान्य उपलब्धि हात लाग्नेछ । पठन पाठनमा सन्तोषजनक प्रगति हुने छैन ।

वृषः– स्वास्थ्य कमजोर बन्नेछ । कार्य क्षमतामा ह्रास आउनेछ । सुख,शान्तिमा कमि आउनेछ । आलोचना बढ्न सक्छ । घरयासी खर्चमा बढ्नेछ । व्यापार व्यवसायमा मन्दि आउनेछ । धन माल हराउन सक्छ होशियारी नगुमाउनु होला । पढाई लेखाईमा सन्तोषजनक प्रगति हुनेछैन । सवैलाई विश्वास गर्नु गलत हुनेछ ।

मिथुनः– काममा देखिएका समस्या कम भएर जाने छन् । कुरामा भन्दा काममा जोड दिनुहोला । काममा स्थायीत्व दिनु पर्ने देखिन्छ । कार्य क्षमता,दक्षता बढ्नेछ । उद्योग धन्दा बन्द व्यापारबाट आय आर्जन बढ्नेछ । आर्थिक कारोवारमा भने चनाखो रहनु होला । सयुक्त काममा लगानी नबढाउनु होला घाटा हुनेछ ।

कर्कटः– वनावटी सहयोग हुनेछ तर वास्तविक सहयोग गर्ने कोहि हुने छैनन । अस्थिरताले आफुलाई कमजोर बनाउनेछ । आर्थिक क्षेत्रमा सामान्य सुधार आउनेछ । व्यापार व्यवसायमा लगानी नबढाउनु होला । गरेका कामबाट सामान्य आम्दानी हुनेछ । अन्योललाई चिरेर अगाडि बढ्नु पर्ने देखिन्छ । प्रयत्नपूर्वक गरेका काम सफल हुनेछन् ।

सिंहः– गलत चिन्तन हट्नेछ । शारीरिक एवं मानसिक स्फूर्ति बढ्नेछ । मनोरञ्जनमा बढि ध्यान जान सक्छ । आफ्नै बाहुबलमा आर्थिक उन्नतिका काम हुनेछन् । लगानी अनुसारको व्यापार व्यवसायबाट आम्दानीम हुनेछ । सम्बन्धमा सुधार आउनेछ । सभा सम्मेलनमा सहभागि हुने अवसर मिल्नेछ । चुनौति सामना गर्ने सामथ्र्यता बढ्नेछ ।

कन्याः– काम गरेर आफुलाई होइन अरुलाई कमाई दिने मात्र हुनेछ । अनावस्यक विवाद पर्न सक्छ सचेत रहनुहोला । व्यापार व्यवसायमा गिरावट आउनेछ । आवेगमा आएर कुनै निणर्य नगर्नु होला क्षति धेरै हुनसक्छ । व्यर्थको घुमाई फिराई हुनेछ । मिथ्या अरोप लाग्न सक्छ । जोखिम मोलेर काम नगर्नु होला ।

तुलाः– समस्या समाधान गर्न सक्षम हुनुहुनेछ । आय आर्जनका दृष्टिले दिन उपलब्धिपूर्ण रहला । गरेका काम उदारणीय हुनेछन् । नोकरी तथा राजनीतिमा नयाँ अवसर आउन सक्छ । परिवारबाट सहयोग पाईनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । घरमा पारिवारिक जमघट बढ्नेछ । वैदेशिक कार्य अगाडि बढ्ने छन् ।

वृश्चिकः– आफ्नै पहलमा पुराना समस्या समाधान हुनेछन् । कर्म गर्न पछि नपर्नु होला भाग्यले साथ दिनेछ । अरुको कुरामा लाग्नु भयो भने उपलब्धि गुम्नेछ । आर्थिक कारोवारमा भने थोरै सतर्क रहनु होला । नोकरी तथा राजनीतिमा अवसर खोजी हुनेछ तर पाउने सम्भावना न्यून देखिन्छ । वौद्धिक व्यक्तित्व सँग भेटघाट हुनेछ ।

धनुः– समय सुधारोन्मुख देखिन्छ । मानसिक तनावमा थोरै कमि आउनेछ । बाहिरी काममा बढि समय दिदा उपलब्धिका काम गुम्न सक्छन् । अर्थ अभावका कारण हुनुपर्ने काममा ढिला सुस्ति हुनेछ । गुमेको आस्था र विश्वास पलाउनेछ । व्यापार व्यवसायमा आएको मन्दि कायम नै रहनेछ । लेनदेन कारोवारमा सचेत रहनुहोला ।

मकरः– समय प्रतिकुल देखिन्छ । दैनिक काम काजमा अवरोध आउनेछ । काम गर्ने जोश जागर घट्नेछ । परिवारमा मनमुटाव बढ्न सक्छ । व्यापार व्यवसायमा मन्दि आउनेछ । आवेगमा आएर काम नगर्नु होला । अहार विहारमा ध्यान दिनु होला नत्र स्वास्थ्य कमजोर हुनेछ । अरुको विश्वास र भरोसामा काम गर्दा धोका खाईनेछ ।

कुम्भः– विवादको अन्त्य हुनेछ । काममा निरासा र पूर्ण असफल होइन तर आशा गरे अनुरुपको सफलता मिल्ने छैन । स्वव्यवसायबाट आय आर्जन थोरै बढ्नेछ । साथि भाई तथा इष्ट मित्रबाट सामान्य सहयोग पाईनेछ । विदेश यात्राको सम्भावनालाई नकार्न सकिन्न । दामपत्य जीवनमा सुखानुभूति हुनेछ ।

मीनः– काममा भाजो हाल्नेछन् सतर्क भएर अगाडि बढ्नु होला । कार्य सम्पादनाम कठिनाइ आउनेछ । ती कठिनाईहरु मेहनतबाट पार गर्नु पर्नेछ । कार्य गोपनियता आवस्यक देखिन्छ । बाहिरी काममा मन जानेछ नियन्त्रण गर्नु होला । व्यापार व्यवसायमा भने विस्तारै सुधार आउने देखिन्छ । पुराना मुद्धाको टुङ्गो लाग्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्