Logo

बास्केटबल :पुलिस, आर्मी, गण्डकी र प्रदेश ३ सेमिफाइनलमा



घोराही,- आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत पुरुष बास्केटबल प्रतियोगिताको पाँचौँ दिन आज भएका खलमा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश र प्रदेश नं ३ सेमिफाइनल प्रवेश गरेका छन् ।

दाङको घोराही उपमहानगरपालिका– १८ सालघारीमा सम्पन्न खेलमा गण्डकी प्रदेश सुदूरपश्चिम प्रदेशलाई ७५–४४ अङ्कले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो । यस्तै पुलिस क्लबले प्रदेश नं ५ लाई ७५–४२ अङ्कले हरायो । अर्को खेलमा त्रिभुवन आर्मी क्लबले प्रदेश नं १ लाई ७५–५५ अङ्कले पराजित गरी सेमिफाइनल प्रवेश गरेको छ । चौथो खेलमा प्रदेश ३ ले एपीएफ क्लबलाई ६०–५१ अङ्कले हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ ।

आजै सम्पन्न महिला बास्केटबलमा प्रदेश ३, सुदूरपश्चिम प्रदेश, त्रिभुवन आर्मी र पुलिस क्लब सेमिफाइनल प्रवेश गरेका छन् । प्रदेश नं ३ ले प्रदेश ५ लाई, आर्मी क्लबले गण्डकी प्रदेशलाई, सुदूरपश्चिम प्रदेशले प्रदेश नं १ लाई तथा नेपाल पुलिस क्लबले सशस्त्र प्रहरीको एपीएफ क्लबलाई हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको थियो । गत चैत २८ गतेदेखि शुरु भएको उक्त प्रतियोगिता यही वैशाख ४ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्