Logo

अन्ततः ‘कबड्डी ३’ मा प्रदिप खड्काले अभिनय नर्गने पक्का



काठमाडौँ- अभिनेता प्रदिप खड्काले ‘कबड्डी ३’ मा काम नर्गने भएका छन् । उनले यो सिनेमामा समय दिन नसक्ने भएपछि काम नर्गने भएका हुन् ।यो सिनेमाका लागि रामबाबु गुरुङ र प्रदिपविच लामो समयदेखि कुराकानी भैरहेको थियो ।

प्रदिपको हालै रिलिज सिनेमा लभ स्टेशन असफल भएका कारण पनि रामबाबु उनलाई यो सिनेमामा नलिने मनस्थितीमा पुगेको खबर पनि बाहिर आएको छ ।

प्रदिपले भने वैशाखको पहिलो हप्तासम्म आफूले भ्याउने बताएको तर सिनेमाको छायांकन वैशाखको अन्तिममा पुगेपछि समय दिन नभ्याउने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्