Logo

सलमान भारतमा काम गर्देछन् भन्ने मलाई थाहा थिएन भन्दै अचम्मको कुरा गरिन् कट्रिनाले



एजेन्सी- सुन्दरी नायिका कट्रिना कैफले आफुलाई सलमान फिल्म भा।तमा काम गर्देछन् भन्ने थाहा नभएको बताएकी छन् ।चलचित्र ‘भारत’को फस्टलुक सार्वजनिक भएसँगै भारतिय मिडियालाई बताएकी छन् । कैफले आफू र निर्देशक अली अब्बास जफरविच राम्रो सम्बन्ध रहेपनि चलचित्रको बिषयमा भने व्यवसायिक सम्बन्ध हुने खुलाइन् ।

उनले चलचित्रको कथा हात परेपछि आफूले ३ घन्टामा पढिसकेको पनि बताइन् । चलचित्रको कथा मन परेपछि आफूले काम गर्ने रेडी भएको बताएकी छन् ।सलमानले आफूलाई कहिले पनि यो चलचित्रमा काम गर्न लागेको जानकारी नदिएको कैफको तर्क छ ।

चलचित्रमा नायक सलमान खान र नायिका कट्रिना कैफसँगै नायिका दिशा पटानीको अभिनय रहेको छ । नायिका प्रियंका चोपडाले चलचित्रमा काम नगरेपछि यसको निर्माण टिमले कट्रिनालाई छानेको थियो ।

प्रतिक्रिया दिनुहोस्