Logo

आशिफ र रेश्माको जोडीले अभिनय गरेको अर्को भिडियो ‘हेरन कान्छी’मा देखियो यस्तो प्रेम रोमान्स




गायिका मेलिना राई र राज खम्बुको आवाज रहेको गीत ‘हेरन कान्छी’ रिलिज भएको छ । दिपक शर्माको संगीत रहेको गीतलाई दिनेश सुबेदिले लेखेका हुन् । ‘इन्स्टाको फोटो’ गीतबाट दर्शकले औधी रुचाएका आशिफ शाह र रेश्मा घिमिरेलाई गीतमा फिचर गरिएको छ । गीतको भिडियोलाई राजिव समर र शिशिर खातीले कोरियोग्राफी गरेका हुन् भने गीतलाई शान थापाले निर्देशन गरेका हुन् । जि 21 डिजिटलले प्रस्तुत गरेको गीतको निर्माता अंशु राई हुन् ।

कमेडी र रोमान्सलाई मिसाएर बनाइएको गीतको भिडियोले दुइ प्रेमीले जवानीको लहर, प्रेम र बाचा कसमलाई देखाएको छ । जवानीमा चिटिक्क पर्ने र आफुले मन पराएको मान्छेको नजिक जाने रहरलाई साङ्गीतिक रुप दिइएको छ । गीतलाई जि 21 डिजिटलको अफिसियल यु-ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । अहिलेसम्म हेर्नेहरुले ‘हेरन कान्छी’लाई राम्रो प्रतिकृया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्