Logo

यसरी मनाए तामाङहरुले बौद्धमा तेमाल जात्रा, यस्तो छ यसको गहिरो इतिहास (भिडियो सहित)



तामाङ समुदायको ‘तेमाल जात्रा’ बौद्धनाथ चैत्यबाट आज सुरु भएको छ । प्रत्येक वर्ष चैतशुक्ल चतुर्दर्शी तिथिमा सो समुदायले दिवङ्गत पितृको स्मरणमा पूजा गरी दीप प्रज्वलन गर्छन् । यसरी मृतात्माका नाममा दीप प्रज्वलन गर्दा पुण्य प्राप्ति भई पारिवारिक सुख, शान्ति तथा समृद्धि कायम हुने विश्वास रहेको समितिका अध्यक्ष सम्पूर्णकुमार लामाले बताए । जात्रामा सहभागी हुन विशेषगरी काठमाडौँ उपत्यका तथा त्यस आसपास क्षेत्रबाट भक्तजन आएका छन् । जात्रामा सहभागी हुन आएका भक्तजनमध्ये शारीरिक रुपमा सक्षम तथा सक्नेले आज राति बालाजु गई स्नान गर्ने र पूर्णिमाका दिन स्वयम्भूनाथ चैत्यमा गएर पनि पूजा तथा दीप प्रज्वलन गर्ने गर्छन् । आखिर तामाङहरुको विशेष पर्वको रुपमा मनाइने तेमाल जात्राको इतिहास कस्तो छ त ? कसरी सुरु भयो जात्रा ? हेर्नुहोस् यो विशेष भिडियो…

प्रतिक्रिया दिनुहोस्