Logo

सुटुक्क प्रचण्ड परिवारसहित सुटुक्क सुकुटेतिर, आज काठमाडौं फर्कने सम्भावना



काठमाडौं । राजनीतिक निर्णय लिनु पर्दा वा आराम चाहिएका बेला अक्सर नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सिन्धुपाल्चोकको भोटेकोशी किनारामा रहेको सुकुटे रिसोर्टमा पुग्ने गरेका छन् । यसैक्रममा प्रचण्ड बिहीबार दिउँसो सुकुटे पुगेका छन् । तर, यसपटक उनी पारिवारिक सदस्यसहित सुकुटे पुगेका हुन् ।

पछिल्लो समय पार्टी एकताका लागि गृहकार्य गर्ने जिम्मेवारी लिएका बेला आफ्ना परिवारका सम्पूर्ण सदस्य सहित उनी भोटेकोशी किनारमा सञ्चालित सुकुटे रिसोर्टमा पुगेका हुन्। शुक्रबार फर्कने गरी सुकुटे पुगेका प्रचण्डका साथमा पत्नी सीता, छोरी गंगा, ज्वाँइ लगायत परिवारका सदस्य रहेका छन ।

एक साता अघि मात्रै पार्टी एकताका नाममै प्रचण्ड अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, महासचिव विष्णु पौडेल, पार्टी सचिवालय सदस्य समेत रहेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लगायत चन्द्रागिरी रिसोर्टमा बस्न गएका थिए।

नेकपाको शीर्ष नेताहरुबीच भागवण्डामा कुरा नमिल्दा नै उसको पार्टी एकताको प्रक्रियाले गति लिन सकेको छैन। पछिल्लो समय अध्यक्षद्धय ओली र प्रचण्ड एक ठाउँमा उभिँदा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले फरक मत राख्दै आएका छन्।

चन्द्रागिरीबाट फर्किएपछि ओलीले एकताका लागि भन्दै प्रचण्ड र नेपाललाई बालुवाटार बोलाएर गरेको छलफल पनि निष्कर्ष्विनै टुंगिएको थियो।

प्रतिक्रिया दिनुहोस्