Logo

‘प्रेमगीत ३’मा व्यस्त हुने हुँदा समय नभएर कबड्डी ३’मा नखेलेको हु म : प्रदिप खड्का



‘कबड्डी ३’ मा प्रदिप खड्काले अभिनय नर्गने भएका छन् । ‘साइँली’ पश्चात अब ‘कबड्डी ३’ बनाउने तयारीमा लागेका रामबाबु गुरुङले प्रदिपलाई लिने कुरा थियो तर समय नभएका कारण प्रदिप फिल्म नखेल्ने भएका छन् ।
यो चलचित्रका लागि कलाकार दयाहाङ राई, बिजय बराल, बुद्दि तामाङ लगायत फाइनल भैसकेका छन् । चलचित्रका लागि नायिका उपासना सिंह ठकुरीको अभिनय रहने पनि चर्चा रहेको छ ।

कबड्डी फागूण वा चैत्रमा छायांकनमा जाने कुरा थियो । तर, अब वैशाखको अन्तिममा मात्र यसको छायांकन हुँदैछ । यसैले वैशाखको अन्तिममा म भ्याउदिन प्रदिपले भने । उनी अब फिल्म ‘प्रेमगीत ३’मा व्यस्त हुने भएका छन् छन् ।खड्काले चलचित्रमा काम गर्न नभ्याउने भएपछि रामबाबु गुरुङले चलचित्रका लागि कलाकार निश्चल बस्नेतसँग कुरा गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्