Logo

सुन्दरी नायिका जरिनले यसरी घटाइन् १ क्विन्टल तौल : सुरुमा मोटी भनेर जिस्काउनेहरुलाई अचेल उल्टै जिस्क्याउँछिन्, यस्तो छ उनको दैनिकी



एजेन्सी । बलिउडकी चर्चीत सुन्दरी नायिका हुन जरिन खान। उनी बेला बेलामा विभिन्न कारणले गर्दा चर्चामा आएकै हुन्छिन । छोटा छोटा लुगा पहिरिए कै कारण पनि चर्चामा आउछिन ।उनले सलमान खानको फिल्म वीर’बाट बलिउडमा डेब्यु गरेकी थिइन् । कुनै समय उनको तौल १०० केजी थियो । जरिन खानको बलिउडमा डेब्यु गर्नु अघि पनि उनको १०० केजी नै तौल थियो । उनलाई सलमान खानले वीरमा डेब्यु लिने पक्का गरेपछि उनलाई तौल घटाउन लगाइएको थियो । तौल घटाउन निकै आतुर पनि भएको थियो ।

उनले तौल घटाउन धेरै प्रयास गरिन् । जब फिल्म वीर’ रिलिज भएपछि उनले आफूलाई पूरै परिवर्तन गरेर ४३ किलो तौल घटाएर ५७ किलो बनाइन् । अचेल उनले खानपानदेखि एक्सरसाइजसम्मको तालिका बनाइन् । बिहानै खाली पेटमा १ लिटर पानी , खाजामा ब्राउन ब्रेड टोस्ट र फलफूल र दिउसो भेजेटेबल सुप पिउने गर्छिन् ।

उनले बेलुकी खाना खादिनन् । उनले बेलुका ब्वाइल्ड तरकारी खाने गर्छिन् । उनले बिहान जगिङ, कार्डियो वर्कआउट, तौल घटाउने तालिम र योगा गर्छिन् । यसरी आफु सय किलो बाट ४३ किलो तौलमा पगेकी थिइन । बलिउडमा जरिनलाई सलमानले डेब्यु गराएपछि उनी चर्चामा आएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्