Logo

बालगायक अशोक दर्जीको घरमा विक्रम लावती पुग्दा भयो यस्तो रुवाबासी (भिडियो)



काठमाडौं । झापास्थित बाल गायक अशोक दर्जीको घरमा अशोककै जस्तै गायकी क्षमताको विकास गरिरहेका विक्रम लावती पुगेका छन् । सडकमा सँगै गाउँदै हिँडेका अशोक र विक्रम साथी हुन् । अशोकको घर र भविस्य सबै नेपाली मिलेर बन्यो तर अशोकको भन्दा दयनीय अवस्था रहेको बिक्रमको अवस्था भने ज्यूँका त्यूँ छ । समीर सुवेदी र शिशिर बुढाथोकीले बिक्रमको प्रतिभा सबै सामु पुर्याउन कोसिस गरिरहेका छन् । अहिले उनी पनि परिचित हुँदै गएका छन् ।

बिक्रमलाई समीर सुबेदीले डोर्याउँदै हिँडेका छन् । बिक्रमको अशोक निवास अवलोकन र फूपू भेट्ने इच्छा समीर सुबेदीले पूरा गरिदिएका छन । बिक्रमले अशोक दर्जीकी बहिनी र आमालाई गीत गाएर सुनाए रुवाए । अशोककी कान्छी बहिनीले पनि बिक्रमलाइ अशोकको गीत सुनाइन्, त्यसपछि माहोल नै अर्कै बन्यो । बिक्रम लावतीलाई भेट्दा फुपुले रुँदै रुँदै समीर सुवेदी र बिक्रमलाइ सम्झाइन् र आशीर्वाद पनि दिइन् । साथै उनले टंक बुढाथोकी टीका बुढाथोकी डिजे रुपकप्रति आभार व्यक्त गरिन् ।

प्रतिक्रिया दिनुहोस्