Logo

नेपाल आइडलका सागर आले र मेलिना राइको गीतमा आकाश श्रेष्ठसँग वर्षा राउतको रोमान्स




काठमाडौँ- सागर आले र मेलिना राइको स्वरमा रहेको नयाँ गीतको भिडियो सार्बजनिक भएको छ। भुवन न्यौपानेको शब्द रचना र टिका दाहालको संगीत रहेको ‘पिरतीमा यस्तै हुन्छ रे’ बोलको गीत भिडियो सार्बजनीक गरिएको हो । सार्बजनिक गीतमा अमृत ल्वागुनको संगीत संयोजन रहेको छ ।

आकाश श्रेष्ठ,वर्षा राउत,अनुभव रेग्मी र सेड्रिना शर्मा फिचर्ड छन् । निकेश खड्काले निर्देशन गरेको भिडियोमा हरि हुमागाईंको छायांकन,सुबोई थापाको कोरियोग्राफी,प्रविन श्रेष्ठको सम्पादन,उज्वल ढकालको कलर संयोजन रहेको छ।

भिडियो बुढा सुब्बाको अफिसियल यु ट्युब मार्फत सार्बजनिक गरिएको हो । भिडियोलाइ एक्स्पर्ट एजुकेसन कन्सल्टेन्सीले प्रायोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्