Logo

हरर फिल्म सुटिङका क्रममा बलिउड अभिनेता विक्की कौशल गम्भिर घाइते, गालाको हड्डी समेत फ्राक्चर



मुम्बइ। बलिउड अभिनेता विक्की कौशल सुटिङका क्रममा ठूलो दुर्घटनामा परेका छन् ।भारतिय मिडियाका अनुसार विक्की हरर फिल्मको एक एक्शन सीनको छायाँकनका दौरान उनीमाथि अचानक ढोका खसेको र सोही ढोकाले लागरे उनी घाइते भएको बताइएको छ ।

उनको अनुहारमा गम्भीर चोट लागेको र अनुहारमा चोट लाग्नुका साथै गालाको हड्डी फ्राक्चर पनि भएको बताइएको छ । त्यस्तै १३ वटा टाँका पनि लगाउन परेको भनिएको छ ।

गत अप्रिल १८ मा गुजरातमा जहाजमा एक्सन सीन छायाँकनका दौरान उनीमाथि अचानक ढोका खसेको थियो । उनलाई तुरुन्त स्थानीय अस्पताल लगिएको थियो । त्यहाँ प्राथमिक उपचार गरेपछि उनलाई थप उपचारका लागि मुम्बई ल्याइएको थियो ।उक्त हरर चलचित्रको निर्माण करण जोहरले गरिरहेका छन् ।

चलचित्रको निर्देशन शशांक खेतान तथा सहायक निर्देशक भानुप्रताप सिंह रहेका छन् । । फिल्ममा विक्कीसँग भूमि पेडनेकरले जोडी बाँधेकी छन् ।

प्रतिक्रिया दिनुहोस्