Logo

नेकपा महासचिव विष्णु पौडेलमाथि गगन थापाको कडा व्यंग प्रहरा भने बालुवाटार किन्दा पशुपति किन्न भ्याउनुभएनछ खुसी लाग्यो



काठमाडौँ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले नेकपा महासचिव विष्णु पौडेलका छोरा नवीनलगायतको नाममा गएको सरकारी जग्गा फिर्ता ल्याउनुपर्ने बताएका छन्।आज रुपन्देही क्षेत्र नम्बर २ को क्षेत्रीय सम्मेलनमा शनिबार बोल्दै थापाले यस्तो बताएका हुन् ।

उनले कडा शब्दमा महासचिव विष्णु पौडेल माथी व्यग्य गर्दै भने जग्गा किन्दा ठगिएका पौडेललाई काठमाडौंका जनताले क्षतिपूर्ति दिन नसक्ने बताउँदै थापाले भोट दिने रुपन्देहीबासीले नै क्षतिपूर्ति दिन्छन् । आफू क्षेत्रीय सम्मेलनमा आफ्ना कुरा राख्न र सांसद पौडेललाई ठगिएकोमा सहानुभूति प्रकट गर्न रुपेन्देही आएको समेत बताएका छन्।

“बर्दघाटको जग्गा बेचेर काठमाडौंमा किन्दा उहाँ नराम्रोसँग ठगिनुभएछ,” उनले भने, “उहाँको दुस्खमा अन्यन्त सहानुभूति छ। विचरा नराम्रोसँग ठगिनुभएछ।”   थापाले बालुवाटार किन्दा पशुपति किन्न नभ्याएको प्रति आफूलाई खुसी समेत लागेको समेत बताए ।

प्रतिक्रिया दिनुहोस्