Logo

प्रमोद खरेलको नयाँ गीत ‘झुमा झुमा’ एक दिनमा नै ७ लाखले हेर्दै ट्रेण्डिगंको शीर्ष स्थानमा



ओएस नेपाल/काठमाडौं । चर्चित गायक प्रमोद खरेलले ‘झुमा झुम्कावाली’को सफलतापछि नयाँ गीत ‘झुमा झुमा’को भिडियो सार्वजनिक भए लगत्तै खुबै रुचाइएको छ । शुक्रबार साँझ गायक प्रमोद स्वयमको च्यानलबाट सार्वजनिाक गरिएको भिडियो एक दिनमा नै करिब ७ लाख दर्शकले हेरिसकेका छन् । यो समाचार तयार पार्दा भिडियो ट्रेण्डिगं नम्बर ६ मा रहेको छ ।

म्यूजिक भिडियोको आकर्षणको केन्द्रमा टिकटकबाट चर्चामा आएका ‘ट्वीनी गर्ल्स’(प्रिज्मा खतिवडा, प्रिन्सी अतिवडा) रहेका छन् भने भिडियोमा चर्चित नायक पल शाह र गायक खरेल स्यमको दमदार अभिनय रहेको छ । हिमांशु रायमाझीले लेखेको गीतमा भिम बिसीले संगीत भरेका छन् भने उदयराज पौडेलले गीतको एरेन्ज गरेका हुन्। भिडियोको निर्देशन दीपक आचार्यले गरेका हुन् । चल बतास चल, लाइ देउन मायाले, यो कुरा गोप्य, लगायतका चर्चित गीतहरुले एक पछि अर्को गर्दै सफलता बटुलीरहेका बेला प्रमोदले ल्याएको नयाँ गीत सार्वजनिक भए लगत्तै दर्शकले निकै रुचाएका छन् ।

प्रतिक्रिया दिनुहोस्