Logo

नेपाल टेलिकमको फोन नलाग्दा तपाईलाई ‘माफ गर्नुहोला…’ भन्ने महिला यिनै हुन्



काठमाडौं -नेपाल टेलिकमको सिममा फोन गर्दा फोन नलागेमा एक महिलाको आवाज आँउछ ।फोन व्यस्त हुँदा, अरू कुनै कारणले सम्पर्क हुन नसक्दा वा अरू जानकारी अथवा सेवा लिन खोज्दा फोनमा महिलाको स्वर आफैँ बज्छ। महिलाको आवाज आँउने उक्त स्वर अत्यन्तै मिठो पनि सुनिन्छ ।

यान्त्रिक रूपमा बज्ने त्यो सुनेर प्रयोगकर्ताहरू झर्को पनि मान्छन् तर उक्त स्वर यान्तिक स्वर होइन । नेपाल टेलिकमको सिममा ‘माफ गर्नुहोला’ भन्ने ति महिला हुन् भूमिका थापा शाह र एनसेलका लागि सुबानी मोक्तान रहेका छन् । भूमिकाले पहिला रेडियो तथा टेलिभिजनमा कार्यक्रम प्रस्तुत गर्ने गरेकी थिइन् भने सुबानी गायिका हुन्।

प्रतिक्रिया दिनुहोस्