Logo

अमेरिका पुगेका नेपालीले ‘ग्रिन कार्ड’का लागि गर्नुपरेको संघर्षलाई उतारियो फिल्ममा (फिल्मसहित)



काठमाडौं । नेपालको मात्रै होइन अधिकांश देशका नागरिक अमेरिका पुग्न चाहन्छन् । त्यहाँ आफ्नो भविष्य खोज्न र बनाउन चाहन्छन् । यसर्थ विश्वका धेरै देशका नागरिकको सपनाको देश हो, अमेरिका । तर, अमेरिका जान र त्यहाँ बस्न सजिलो छैन । अमेरिका पुगे पनि ग्रिन कार्ड पाउन निकै गाह्रो छ । यसैलाई समेटेर तयार पारिएको छ नेपाली सर्टमूभी ‘पेन’ । यसमा ग्रिन कार्डका लागि गरिएको संघर्ष वा चालिने कदमलाई देखाइएको छ

विभिन्न भिषामा पुगेकाहरु नेपाल फर्केर काम गर्ने वातावरण नहुँदा ग्रिन कार्डका लागि अमेरिकामा गर्नुपर्ने संघर्षलाई उजागर गरेको छ । विश्व शर्माको युट्युब च्यानलबाट रिलिज गरिएको सो सर्टमूभीमा अनिल पाण्डे, सुमेश कुँकेल, पृथ्वी उप्रेती, सागर गौतम, अनिषा खत्रीलगायत कलाकारको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्