Logo

मैले सरकारसँग सम्झौता गरेपछि मधेसवादी दलहरुको दोकान सुक्ने अवस्था आयो – सिके राउत



राँझा । नवगठित जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले मधेसलाई अधिकारसम्पन्न बनाउन पार्टी गठन गरेको बताएका छन् । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।

बाँकेको जानकी गाउँपालिका–६ गनापुरस्थित कपासीमा आयोजित आमसभामा डा. राउतले भने, ‘सरकारसँग सम्झौतापश्चात् मूलधारको राजनीतिमा आएपछि धेरैको पसल बन्द हुने अवस्था आएकाले मधेसमा राजनीतिको दोकान खोलेका मधेसवादी दलले सरकारसँग झुकेर सम्झौता गरेको भ्रम फैलाउने दुष्प्रयास गरिरहेका छन् । सरकारसँग गरेको सम्झौता ठूलो विजय हो ।’

सरकारसँग गरेको सम्झौतामाथि प्रश्न उठाउने हैसियत कुनै मधेसवादी दलका नेतामा नभएको उनको भनाइ थियो । उनले युवालाई रोजगार दिएर मधेसलाई आत्मनिर्भर बनाउनतर्फ आफू अग्रसर भएको बताए । अध्यक्ष राउतले आइतबारै हजरत सैयद शाह बाबा मेलाको उद्घाटनसमेत गरे । उक्त मेला तीन दिनसम्म चल्ने मेला व्यवस्थापन समितिका अध्यक्ष बालकराम चौहानले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्