Logo

मन्त्री राईको चेतवानी– धर्मका नाममा राजनीति गर्नेलाई प्रतिबन्ध लगाउँछौं



काठमाडौं । शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईले धर्मको नाममा राजनीति गर्नेलाई प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् । नेपाल ख्रिस्टीयन महासङ्घले पुनरुत्थान (इस्टर) पर्वका अवसरमा आयोजना गरेको कार्यक्रममा मन्त्री राईले संविधानविपरीत धर्मका नाममा राजनीति गर्नेलाई प्रतिबन्ध लगाइने चेतावनी दिएका हुन् ।

सबैले आ–आफ्ना धर्म मान्न पाउने स्वतन्त्रता भए पनि धर्मका नाममा राजनीति गर्न नपाउने भन्दै उनले भने, ‘धर्मका नाममा राजनीति गर्नेलाई पाखा लगाउनुपर्छ, संविधानका दृष्टिमा सबै जातजाति, भाषाभाषी, धर्म र सम्प्रदायका मानिस समान हुन्छन्, धर्मका नाममा राजनीति गरेर कसैले अस्थिरता निम्त्याउनुहुन्न ।’

मुलुकमा विभिन्न प्रलोभनमा पारेर धर्म परिवर्तन गराउने कार्य बढिरहेको भन्दै चिन्ता जनाइएका बेला मन्त्री राईले धर्मको नाममा राजनीतिक गर्नेलाई प्रतिबन्ध लगाउने चेतावनी दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्