Logo

हिन्दु राष्ट्रसहित २२ बुँदे मागबारे सरकारसँग वार्ता गर्न राप्रपाद्वारा दीपक बोहराको नेतृत्वमा समिति गठन



काठमाडौं । हिन्दु राष्ट्रलगायत २२ बुँदे माग राखेर चरणबद्ध आन्दोलन उत्रिएको राप्रपाले सरकारसँग वार्ता गर्न वरिष्ठ नेता दीपक बोहराको नेतृत्वमा वार्ता समिति गठन गरेको हा। आइतबार सरकारका तर्फबाट कानुनमन्त्री भानुभक्त ढकालले राप्रपा अध्यक्ष कमल थापालाई पत्र लेख्दै मंगलबार (यही वैशाख १०) वार्तामा आउन आग्रह गरेपछि बोहराको नेतृत्वमा ३ सदस्यीय वार्ता समिति गठन गरिएको सो पार्टीका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिएका हुन् ।

वार्ता समितिमा बोहरासहित महामन्त्री राजेन्द्र लिङ्देन र नेता निरञ्जन थापा रहेका छन् । राप्रपाले हिन्दू राष्ट्रको माग राख्दै फागुन ७ गतेदेखि चरणबद्ध आन्दोलन गर्दै आएको छ ।

ाप्रपाले हिन्दूराष्ट्रको माग राख्दै १५ दिने मेची महाकाली अभियान, हस्ताक्षर संकलन, जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने, स्थानीय तहका कार्यालयमा प्रर्दशन गर्ने जस्ता आन्दोलनका कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्