Logo

विप्लवलाई लाग्यो अहिलेसम्मकै कडा झड्का, हेमन्तप्रकाश वली ‘सुदर्शन’सहित ६ जनालाई पुर्पक्षका लागि थुनामा राख्न अदालतले दियो आदेश



ललितपुर – विप्लव नेतृत्वको नेकपाका तत्कालीन मध्यकमाण्ड इञ्चार्ज हेमन्तप्रकाश वली ‘सुदर्शन’सहित ६ जनालाई पुर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश दिएको छ । जिल्ला अदालत, ललितपुरले एनसेल मुख्यालय अगाडि एक जनाको ज्यान जाने गरी भएको विस्फोटमा संलग्न रहेको आरोपमा विप्लव सर्मथीत नेता तथा कार्यकर्तालाई थुनामा राख्न आदेश दिएको हो ।

हेमन्तसहित शिव धिमाल, दयाङ भन्ने दिकेन्द्र राई, रामकृष्ण खतिवडा, ईश्वर दमाई र जुम्ली भनिने विरबहादुर कठायत लगायतले ललितपुरको नख्खुमा रहेको एनसेल मुख्यालय अगाडि एक जनाको ज्यान जाने गरी भएको विस्फोटमा संलग्न रहेको आरोप छ ।

वलीलाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै गएको चैत १३ गते छोरी बिपना वलीले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट परे पनि सर्वोच्चले खारेज गरिदिएको थियो । चैत ९ गते नेपाल प्रहरीको विशेष टोलीले काभ्रेबाट पक्राउ परेका उनलाई विप्लवका खास नेताका रुपमा पनि लिने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्