Logo

९ दिने राजकीय भ्रमणका लागी राष्ट्रपति भण्डारी नेपाल एयरलाइन्सको चार्टर्ड उडानबाट चीन उडीन्



काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी ९ दिने राजकीय भ्रमणका लागि बुधबार चीन प्रस्थान गरेकी छिन् । बिहान ११ बजे नेपाल एयरलाइन्सको चार्टर्ड उडानबाट उनी चीन प्रस्थान गरेकी हुन् । परराष्ट्र मन्त्रालयका अनुसार चिनियाँ समकक्षी सी जिनपिङको निमन्त्रणामा राष्ट्रपति भण्डारी त्यसतर्फ गएकी हुन् । सो अवसरमा राष्ट्रपति भण्डारीले बेइजिङमा हुने बेल्ट एण्ड रोड इनिसिएटिभ बीआरआईको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा सम्बोधन गर्नेछिन् ।

फाइल तस्विर

उनी वैशाख १९ गते एयर चाइनाको उडान नम्बर सीए ४०७ विमानबाट काठमाडौं फर्किने छिन् । चीनको ९ दिने राजकीय भ्रमणका क्रममा दुवै देशका राष्ट्रपतिबीच उच्चस्तरीय वार्ता हुने र केही सम्झौतामा हस्ताक्षर हुनसक्ने संभावना छ ।

प्रतिक्रिया दिनुहोस्