Logo

पहिलो पल्ट नेपालमै आयो मकै मःमः मकै चाउमिनदेखि बर्गरसम्म, मकै चिया पनि चाँडै आउँदै (भिडियो)




मःमः भन्ने वित्तिकै धेरैले बुझ्ने कुरा भनेकै बफ, भेज अनि चिकेन हो । अनि हिजो आज केरा मःमः को पनि प्रचलन आइसकेको छ । तर राजधानीको चावहिलमै २ जना युवाहरुले मकै मःमः सुरुवात गरेका छन् । त्यत्ति मात्रै होइन त्यहाँ मकै चाऊमेन देखि मकै बर्गरसम्म पाइन्छ । साँच्चै भन्नु पर्दा यहाँ मकैकै थुप्रै परिकारहरु पाइन्छ, जुन निकै स्वदिष्ट समेत रहेको छ । भविष्यमा ग्राहकको रुचि बढ्दै गएमा देशका विभिन्न ठाँऊहरुमा शाखा खोल्ने तयारीमा रहेका यी युवाहरु ग्राहकको प्रतिक्रिया सकरात्मक आएको बताउँछन् ।

मकैलाई ब्रान्डका रूपमा स्थापित गर्न यसका सञ्चालकद्वय राज अधिकार र दुर्गाबहादुर सुवेदी लागिपरेका छन् । चाहबिलबाट बौद्ध जाँदा बायाँतिर रहेको कामना विकास बैंकको भुइँतलामा यो रेस्टुरेन्ट छ । हरियो रङको गेटमा ढाका टोपी लगाएर दंग हाँसेको मकैको लोगो देखिन्छ । आखिर यो व्यवसाय कसरी अघि बढिरहेको छ त ? यहाँ आउने मकै कहाँबाट आउँछ अनि कसरी तयार हुन्छ खाने कुरा ? उनै व्यवसायीहरुसँग गरिएको अन्तरंग कुराकानी भिडियो मार्फत्

प्रतिक्रिया दिनुहोस्