Logo

आफूलाई हट देखाउन पोस्ट गरेको फोटोले ट्रोल बनिन् निहा शर्मा



काठमाडाैं – भारतीय टेलिभिजन दुनियाँमा निया शर्मा चर्चित छिन् । उनले आफूलाई हट देखाउन विभिन्न पोजका फोटो तथा भिडियो पोस्ट गर्ने गरेकी छिन् । सोसियल मिडियामा निकै सक्रिय रहने निया पछिल्लो समय ट्रोलको सिकार भएकी छिन् ।

उनी ट्रोल बन्नुको कारण हो, उनले पोस्ट गरेको एउटा फोटो । नियाले इन्स्टाग्राममा कारमा गर्भावस्थाकोझैँ ठूलो पेट देखाएर पल्टिरहेकी एउटी महिलाको फोटो पोस्ट गरिन् । र, त्यसमा क्याप्सन लेखिन्– म खाएपछि यस्ती हुन्छु ।

एक हजारोँमे मेरी बहना है, जमाइ राजालगायतका टेलिसिरियलकी चर्चित अभिनेत्री नियालाई सामाजिक सञ्जाल प्रयोगकर्ताले मजाक उडाएका छन् । नयाँ पत्रिकामा खबर छ । निया सन् २०१७ मा दीपिका पादुकोणलाई पछि पारेर एसियाकी सर्वाधिक सेक्सी महिलाको पहिलो नम्बरमा परेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्