Logo

पूर्वराजालाई राष्ट्र प्रमुख बनाउँन पशुपति समशेर राणाको प्रस्ताब



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का अध्यक्ष पशुपतिशमशेर राणाले पूरानै राजसंस्थालाई राष्ट्र प्रमुखको भूमिका दिनुपर्ने प्रस्ताव अघि सारेका छन् ।

बुधबार पार्टीद्धारा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले ‘पूर्वराजालाई राष्ट्र प्रमुख बनाउँनु पर्ने बताएका हुन् ।

राणाले कुनै राजनीतिक दलप्रति आवद्ध नरहेको पुरानै राजसंस्थालाई राष्ट्र प्रमुखको भूमिका दिन उपयुक्त हुने तर्क गरेका छन् । नेपालको निर्माण पूरानै राजसंस्थाबाट भएकाले त्यसको विरोध गर्नेहरु प्रजातन्त्रवादी हुनै नसक्ने दावी समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्