Logo

६ दिन सार्वजनिक विदा दिने सरकारको निर्णय




काठमाडौँ । फागुन ३ गते, बकर इद, माघी र माघे सक्रान्तिमा माघ १ र २ गते र जातजाति तथा समुदाय अनुसार स्थानीय बिदा प्रदेशले दिन पाउने भएका छन् । बिहिबार बसेको मन्त्रिपरिषदको बैठकले सबै प्रदेश सरकारले यस वर्ष देखि स्थानीय स्थरमा ६ दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

मन्त्रिपरिषदको बैठकले प्रदेश स्थापना दिवसको दिन फागुन ३ गते, बकर इद, माघी र माघे सक्रान्तिमा माघ १ र २ गते र जातजाति तथा समुदाय अनुसार स्थानीय बिदा प्रदेशले दिन पाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा सुचना तथा संचारमन्त्री गोपाल बाँस्कोटाले जानकारी दिए ।

मन्त्री बास्कोटाका अनुसार प्रदेश ५ सरकारले प्राकृतिक विपतमा परेर मृत्यु भएका ५१ जनाका व्यक्तिका परिवारलाई १ लाखका दरले राहत उपलब्ध गराउने समेत सरकारले निर्णय गरेको बताए । गत २०७४ फागुन ३ गतेदेखि २०७५ पुस मसान्तसम्म ११ जिल्लामा ५१ जनाको बाढी पहिरो, आगलागी, चट्याङमा परी मृत्यु भएकोलाई सरकारले राहात दिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्