Logo

पहिलो पटक भारतिय सेनामा जवानको रुपमा महिला भर्ती खुल्यो



नयाँ दिल्ली-भारतीय सेनामा पहिलो पटक महिलालाई जवानको रुपमा पनि भर्ती गर्न सुरु गरिएको छ। बिहीबारदेखि भारतीय सेना र प्रहरीमा पहिलोपटक जवानका लागि पनि महिलालाई लिने प्रकृया सुरु गरिएको समाचारमा जनाइएको छ । यस अघि भने भारतमा महिलालाई अधिकारीका रुपमा मात्रै सेनामा लिइने गरिएको थियो ।

सेनाले मिलिटरी फोर्समा महिलाको संख्या २० प्रतिशत पुर्‍याउने लक्ष लिएको छ।हाल १४ सशस्त्र फौजमा ६५ हजार अधिकारीहरु रहेका छन्। जसमध्ये स्थल सेनामा १ हजार ५ सय, वायु सेनामा १ हजार ६ सय र नौसेनामा ५ मात्रै महिला छन्। सेनाले भर्नाका लागि अनलाइन फारम खुलाइसकेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्