Logo

श्रीलंकामा भएको श्रृंखलाबद्ध बम आक्रमणका मुख्य योजनाकार मारिए



एजेन्सी– गत आइतबार श्रीलंकामा भएको श्रृंखलाबद्ध बम आक्रमणका आक्रमणकारी मारिएका छन् ।राष्ट्रपति सिरीसेनाका अनुसार आक्रमणका मुख्य योजनाकार जहरान हाशिम कोलम्बोको शांगरी ला होटलमा मारिएका हुन् ।
। हाशिम एक कट्टरपन्थी उपदेशक रहेको बताइन्छ ।

राष्ट्रपति सिरिसेनाले भनेका छन्, ‘ हाशिम दोश्रो आत्मघाती हमलामा सो होटलमा मारिए ।’ , ‘ श्रीलंकामा पछिल्लो समयमा इस्लामिक स्टेटसँग सम्बन्ध राख्ने १३० भन्दा बढी संदिग्ध व्यक्तहरु सक्रिय रहेका थिए ।’ तीमध्ये केहीलाई हिरासतमा लिइसकिएको र केहीले देश छाडिसकेको समेत राष्ट्रपती सिरिसेनाले बताए ।

अहिले प्रहरीले ७० जनाको खोजी गरिरहेको समेत राष्ट्रपति सिरिसेनाले जानकारी दिए ।घटनाको जिम्मेवारी इस्लामिक स्टेटले लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्