Logo

स्टार खेलाडी नेयमार परे कारबाहीमा, के लेखे सामाजिक सञ्जालमा ?



काठमाडौं । युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएले स्टार खेलाडी नेयमारलाई कारबाही गरेको छ । फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) का खेलाडी नेयमारमाथि युइएफएले युरोपियन प्रतिस्पर्धाका तीन खेलमा प्रतिबन्ध लगाएको हो । उनले च्याम्पियन्स लिग फुटबल अन्तर्गत म्यानचेस्टर युनाइटेडसँगको अन्तिम १६ को खेलपछि सामाजिक सञ्जालमा खेल पदाधिकारीको अपमान हुने गरि पोस्ट गरेका भन्दै युइएफएले प्रतिबन्ध लगाएको हो ।

नेयमारले अन्तिम १६ को दोस्रो लेगमा रेफ्री डामिर स्कोमिनाले भिएआर मार्फत म्यानचेस्टर युनाइटेडलाई दिएको पेनाल्टीको आलोचना गरेका थिए । पेनाल्टीको निर्णयले फुटबलकै अपमान गरेको भन्दै उनले पोस्ट गरेका थिए ।

भिएआरमार्फत दिइएको पेनाल्टीकै कारण पहिलो लेगमा २–० ले अग्रता लिएको पिएसजी दोस्रो लेगमा अवे गोलका आधारमा पछि परेको थियो । त्यो बेला चोटका कारण मैदान बाहिर रहेका नेयमारले दर्शकदीर्घाबाट खेल हेरेका थिए । नेयमारले आउँदो सिजन च्याम्पियन्स लिग समूह चरणका तीन खेल गुमाउने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्